Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी थप जटिल अवस्थामा

कोरोना महामारी थप जटिल अवस्थामा पुग्न सक्छ ! : डब्ल्युएचओ

कोरोना महामारी थप जटिल अवस्थामा पुग्न सक्छ ! : डब्ल्युएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७७ सोमवार • १३:५८:२८ बजे
  • 2.0K
    SHARES
  • कोरोना महामारी थप जटिल अवस्थामा पुग्न सक्छ ! : डब्ल्युएचओ
    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानमले कोरोना भाइरसको महामारी थप जटिल अवस्थामा पुग्ने चेतावनी दिएका छन् । केही देशले कोरोना भाइरसको महामारी रोक्ने आफ्नो जिम्मेवारी पूरा नगरेकाले कोरोना भाइरसको संक्रमण थप फैलिन थालेको उनको भनाइ छ ।

    डब्ल्युएचओका महानिर्देशक अधानमले लकडाउन खुकुलो बनाउने देशले अहिले कोरोनाको महामारी पहिलेको तुलनामा धेरै सामना गर्नु परेको प्रष्टिकरण दिएका छन् । उनले भनेका छन, 'केही देशले लकडाउन खुकुलो बनाएका देशमा अहिले संक्रमणदर ह्वात्तै बढेको छ । केही देशले कोरोना भाइरसको महामारी रोक्ने आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गरेका छैनन् । त्यसैले कोरोना महामारी थप बढ्दोक्रममा छ ।'

    डब्ल्युएचओले कोरोना महामारी नियन्त्रणमा सबैको प्रयास रहेमा संक्रमणदर घट्न सक्ने जनाएको छ । त्यसका लागि सबै देश जिम्मेवार बनेर व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिनुपर्ने डा.अधानमले बताए ।सामाजिक दूरीको पालना, मास्कको प्रयोग, अनावश्यक भिडभाडको नियन्त्रणलगायतका विधिको पालना गर्नुपर्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology