Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा कर्फ्यूको समय परिवर्तन

कुवेतमा कर्फ्यूको समय परिवर्तन, दैनिक दश घन्टा कर्फ्यू लागू हुने

कुवेतमा कर्फ्यूको समय परिवर्तन, दैनिक दश घन्टा कर्फ्यू लागू हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

चैत्र २६, २०७७ बिहिवार • १५:३६:१७ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा कर्फ्यूको समय परिवर्तन, दैनिक दश घन्टा कर्फ्यू लागू हुने

    कुवेतमा आजबाट कर्फ्यूको समय परिवर्तन भएको छ । कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नको लागि आजबाट अर्को सूचना जारी नभए सम्मको लागि दैनिक दश घन्टा कर्फ्यू लागू हुने भएको छ ।

    images

    आजबाट साँझ सात बजे देखी  बिहान पाँच बजे सम्म कर्फ्यू लगाउने कुवेत सरकारले जनाएको छ । गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म कर्फ्यू लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै पुनः मार्च २३ तारिक देखी साँझ छ बजे देखी बिहान पाँच बजे सम्म कर्फ्यू लागू गरेको थियो । तर कुवेतमा कोरोना भाइरस सङ्क्रमण दिनानुदिन बढिरहेको छ ।

    इस्लाम धर्मावलम्बीहरूको महान चाड (रमादान इद–अल फितरको) अवसरमा भने रेस्टूरेन्टहरुलाई साँझ ७ बजे देखी बिहानको ३ बजे सम्म डेलीभरी उपलब्ध गराउन अनुमति दिइएको छ । त्यसैगरी साँझ ७ बजे देखी १० बजेसम्म सवारी साधन बाहेक आवासीय क्षेत्र भित्र आवतजावत गर्ने अनुमति दिएको छ । आज देखी उक्त निर्णयको लागू हुने भएको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology