Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ सरकार

नयाँ सरकार बनाउनेबारे देउवाले बोलाए तीन दलको बैठक

नयाँ सरकार बनाउनेबारे देउवाले बोलाए तीन दलको बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २६, २०७७ बिहिवार • १९:४९:०४ बजे
  • 1.2K
    SHARES
  • नयाँ सरकार बनाउनेबारे देउवाले बोलाए तीन दलको बैठक

    पोखरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्। देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

    images

    एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको छ। नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपालाई बैठकमा बोलाइएको हो।

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

    शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology