Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी

नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १०:३५:४२ बजे
  • 1.7K
    SHARES
  • नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी

    काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी मोहन पन्तले ३३७ मत प्राप्त गरे ।

    images

    यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भए ।

    खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुंगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल विजयी भएका छन् ।

    मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् ।

    देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology