Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १०:३९:३२ बजे
  • 1.8K
    SHARES
  • नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल

    डोटी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल आफ्नो प्रतिस्पर्धी कृष्ण ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    पत्रकारहरुका बिभिन्न १२ वटा राजनीतिक संगठनहरुको संयुक्त प्यानलको नेतृत्व गरेका रावलले सात सय ५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्णले दुई सय ९२ भोट प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा डोटीका योगेन्द्र बलायरले ६ सय ६५ मत प्राप्त गरी बिजयी भए । उनका प्रतिद्वन्द्वी कञ्चनपुरका लक्ष्मण तिवारीले तीन सय ६१ मत ल्याए ।

    महासचिवमा कञ्चनपुरका रामसिंह ठगुन्नाले ६ सय १५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कैलालीका शिवराज भट्टले चार सय २५ मत ल्याएका थिए ।

    सचिवमा कैलालीका हरिप्रसाद जोशी ६ सय ६० मत सहित बिजयी भएका छन् । अर्का प्रत्यासी दार्चुलाका नरेन्द्रसिंह कार्कीले तीन सय ३७ मत प्राप्त गरे ।

    यस्तै समावेशी सचिवमा दार्चुलाका प्रेम चुनाराले ६ सय ६६ मत ल्याउँदै बिजयी भए । उनका प्रतिस्पर्धी दलबहादुर चदाराले तीन सय २१ मत प्राप्त गरे ।

    कोषाध्यक्षमा डडेल्धुराका राम धामी पाँच सय ४८ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी अछामका नरेशकुमार शाहीले दुई सय ८१ मत प्राप्त गरे । बलार, ठगुन्ना, जोशी, चुनारा र धामी रावल प्यानलबाट निर्वाचित भएका हुन् ।

    महिला उपाध्यक्षमा कञ्चनपुरकी रेणु कार्की निर्विरोध निर्वाचित भएकी थिइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology