पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को कारबाहीका कारण पदमुक्त भएका चार जना मन्त्रीहरुलाई पुनर्नियुक्ति गरेका छन् ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।
उनीहरुको शुक्रबार साँझ ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरुले पुनर्नियुक्ति पाएका हुन् ।