Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अफगानिस्तानमा २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

अफगानिस्तानमा २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १०:४१:३३ बजे
  • 1.4K
    SHARES
  • अफगानिस्तानमा २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

    एजेन्सी । अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

    images

    देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा सो घटना भएको हो । लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाइ छ ।

    देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology