Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चुनावमा मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्छौ - प्रचण्ड

चुनावमा मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्छौ - प्रचण्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १७:२०:३४ बजे
  • 916
    SHARES
  • चुनावमा मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्छौ - प्रचण्ड

    पोखरा -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन ।

    images

    माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाण्डाैमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताए । अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएकाे पनि प्रचन्डले बताए ।

    जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने उहाँकाे भनाई थियो । यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि प्रचण्डले गरे ।

    ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । जसपासँग मोर्चा, अर्को पक्षसँग मोर्चा र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ' उहाँले भन्नुभयो , 'मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हानकर्ता पनि हामी नै भइयो र मूलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍याैँ भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology