Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना पुष्टी पछी ऐश्वर्या राय अस्पताल भर्ना ,रेस्लर जोनसिनाले गरे उनको तस्बिर सेयर

कोरोना पुष्टी पछी ऐश्वर्या राय अस्पताल भर्ना ,रेस्लर जोनसिनाले गरे उनको तस्बिर सेयर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १४:४८:०१ बजे
  • 2.8K
    SHARES
  • कोरोना पुष्टी पछी  ऐश्वर्या राय अस्पताल भर्ना ,रेस्लर जोनसिनाले गरे उनको तस्बिर सेयर
    डब्लूडब्लूई स्टार तथा  रेस्लर जोन सेनाले आफ्नो इन्स्टाग्राममा बलिउड अभिनेत्री ऐश्वर्या रायको तस्बिर राखेर शेयर गरेका छन् ।तर उनले यसबारे केही क्याप्सन भने लेखेका छैनन् ।कोरोना भाइरसबाट संक्रमित भएकी ऐश्वर्या राय अस्पताल भर्ना भएपछि पोस्ट गरेका हुन् । 
    ऐश्वर्या कोभिड–१९ को उपचारका लागि शनिबार मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी छन् ।
    जोन सेनाले यसअघि ऐश्वर्याका श्रीमान तथा बलिउड अभिनेता अभिषेक बच्चन र उनका बाबु अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि गत साता इन्स्टाग्राममा उनीहरुको तस्बिर शेयर गरेका थिए ।jhon ais.jpg

    साथै सुशान्त सिंह राजपुत, ऋषि कपुर, इरफान खानको निधनमा पनि जोन सेनाले उनीहरुको तस्बि शेयर गरेका थिए । बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन, उनका छोरा अभिनेता अभिषेक, अभिषेककी श्रीमती तथा अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई गत साता कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । तर अमिताभकी पत्नी जया बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेभिट आएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology