Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कस्सिएका देउवाले बोलाए पदाधिकारी बैठक

आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कस्सिएका देउवाले बोलाए पदाधिकारी बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १०:२३:१२ बजे
  • 994
    SHARES
  • आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कस्सिएका देउवाले बोलाए पदाधिकारी बैठक

    पोखरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन ।

    images

    कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले दिए।

    बैठकमा नयाँ सरकार गठन गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेका छलफलबारे जानकारी गराइने शर्माले बताए। शुक्रबार देउवाले नयाँ सत्ता समीकरणका विषयमा माओवादी केन्द्र र जसपासँग आफ्नै निवास (बूढानीलकण्ठ) मा छलफल गरेका थिए।

    छलफलमा देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गर्दै सहयोग गर्न आग्रह गरेका थिए। देउवाको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले भने निर्णय गर्न समय मागेको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology