Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तक्मामा चुच्चे नक्सा नराख्नुको कारण विदेशी गुप्तचरको मन्त्रणा त होइन ? - रावल

तक्मामा चुच्चे नक्सा नराख्नुको कारण विदेशी गुप्तचरको मन्त्रणा त होइन ? - रावल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १०:४८:०० बजे
  • 1.3K
    SHARES
  • तक्मामा चुच्चे नक्सा नराख्नुको कारण विदेशी गुप्तचरको मन्त्रणा त होइन ? - रावल

    नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाएका छन । रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त जबाफ दिनुपर्ने समेत लेखेका छन । सामाजिक सञ्जालमा रावलले लेखेका छन राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ ।

    images

    यसो हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ? रावलले आशंका व्यक्त गरेका छन । शुक्रबार निजामति, जंगी, प्रहरी, न्याय, संसद, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको थियो ।

    उपप्रधानमन्त्री (त्यसबेला रक्षामन्त्री पनि) ईश्वर पोखरेलको अध्यक्षतानमा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, र इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफरिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्तिपरिषदबाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।

    bhim.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology