Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ललिता निवास

विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार नयाँ सरकार गठनमा सक्रिय

विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार नयाँ सरकार गठनमा सक्रिय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २९, २०७७ आइतवार • १४:३६:२६ बजे
  • 1.9K
    SHARES
  • विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार नयाँ सरकार गठनमा सक्रिय

    विशेष अदालतको फरार सूचीमा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार नयाँ सरकार गठनमा सक्रिय भएका छन् । अदालतले काठमाण्डुस्थित घरमा म्याद तामेल गर्न आदेश दिएकै दिन गत शुक्रबार गच्छदार तीन दलको बैठकमा सहभागी भएका थिए ।

    images

    शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा सहभागी भएका थिए । गच्छदारलाई कांग्रेसका शीर्ष नेताहरुले संरक्षण गरिरहेको पाइएको छ ।

    अदालतले बयानका लागि बोलाउँदा पनि भाग्दै हिँड्ने व्यक्ति नै नयाँ सरकार गठन प्रक्रियामा सक्रिय हुनु आश्चर्यको विषय भएको उच्च अदालतका एक कर्मचारीले बताए ।

    अदालत स्रोतकाअनुसार काठमाण्डुको घरमा म्याद तामेल गर्ने र अदालतले दिएको मिति गुजारेको खण्डमा आवश्यक प्रक्रिया अघि बढाइने बताएको छ ।

    उहाँले पटक पटक अदालतले दिएको आदेश उल्लंघन गर्दै आउनु भएको छ । अब यो अन्तिम मौका हो । त्यसपछि कारबाही प्रक्रिया अघि बढ्छ उच्च अदालतका एक कर्मचारीले भने ।

    शुक्रबार विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले गच्छदारको काठमाण्डुस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको थियो ।

    मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित भएका छैनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए । तर, यस अवधिमा पनि उनी अदालत पुगेनन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

    ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।

    काठमाण्डु पाटीबाट साभार

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology