Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ - दाहाल

जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ - दाहाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १०:१४:४९ बजे
  • 1.0K
    SHARES
  • जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ - दाहाल

    चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन्।

    images

    आफ्नो निर्वाचन क्षेत्र चितवन आएका प्रचण्डले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए।

    संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने उनको भनाइ थियो। जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ, उनले भने। प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको उनको भनाइ थियो। कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ, उनले भने।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology