Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १४:१४:५३ बजे
  • 1.7K
    SHARES
  • जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन

    जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन भएका छन्। तर उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए।

    images

    शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

    पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्। उनले एक हजार पाँच सय ७३ मत ल्याएका छन्।

    महासचिव सिंहले दिएको जानकारीअनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो। २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्।

    केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।

  • सम्बन्धित विषय:

  • # सिके राउत
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology