Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिए,९०४ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिए,९०४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १४:१८:२८ बजे
  • 883
    SHARES
  • भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिए,९०४ जनाको मृत्यु

    पोखरा - भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

    images

    यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणको कारण एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ।

    जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । ब्राजिलमा एक करोड ३४ लाख ८० हजार संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म तीन करोड ११ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

    पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ६३ हजार २९४ महाराष्ट्रमा फेला परेका हुन् । उत्तर प्रदेशमा १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटक, छत्तीसगढ र दिल्लीमा १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

    संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology