Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • १७:०९:४४ बजे
  • 1.3K
    SHARES
  • साउदी अरबका ८४ वर्षका शासक सलमान बिन अब्दुल अजिजलाई राजधानी रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको छ ।

    राजा सलमान संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् । उनको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएपछि भर्ना गरिएको हो । उनको स्वास्थ्यबारे थप जानकारी दिइएको छैन ।

    राजा बन्नुअघि सलमान साढे दुई वर्ष युवराज रहेका थिए र जून २०१२ मा डेप्युटी प्रिमियर बनेका थिए । उनी ५० वर्षसम्म रियादका गभर्नर पनि रहे ।

    ३४ वर्षका युवराज मोहम्मद बिन सलमानलाई असल शासक मानिन्छ । युवराजले राजा सलमानको शासनमा साउदी अरबमा विभिन्न प्रकारको सुधार गरेका छन् ।

    स्रोतः बीबीसी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology