Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गृहमन्त्री बादल पोखरामा ,गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी

गृहमन्त्री बादल पोखरामा ,गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३०, २०७७ सोमवार • १४:४०:५४ बजे
  • 937
    SHARES
  • गृहमन्त्री बादल पोखरामा ,गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी

    पोखरा - गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा बादल पोखरा आएका छन । पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा जारी गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले सोमवार उद्घाटन गरे ।

    images

    गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रमुखको सहभागिता छन । उनीहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।

    गृहमन्त्री बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन सुरक्षा प्रमुखलाई निर्देशन पनि दिए । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठी आइतवारदेखि शुरू भएको हो ।

    पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा जारी गोष्ठी आवश्यक आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै सोमवार साँझ सकिने छ । गोष्ठीमा झण्डै ८० जनाको सहभागिता छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology