प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टनेल युगमा प्रवेश गरेको बताएका छन्। थानकोट-नौविसे सडकबाट पनि टनेल युगमा नेपाल प्रवेश गरेको देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
हामी टनेल युगमा प्रवेश गर्नका लागि बाटाका क्षेत्रमा थानकोट-नौविसे सडक, त्यसबाट पनि देखिएको छ। हामी टनेल युगमा प्रवेश गरेका छौं, नयाँ वर्षमा जनताका नाममा सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने।
टनेल निर्माण कसरी भइरहेको छ भन्नेबारे हेर्न काठमाडौंवासीलाई सजिलो पनि भएको उनले बताए।
अब काठमाडौंवासीलाई के सजिलो भएको छ भने टनेल कसरी निर्माण भइरहेको छ त्यो हेर्न जाने, प्रधानमन्त्री ओलीले भने, कसरी अब टनेलबाट नौविसे छिर्ने र नौविसेबाट काठमाडौं छिर्ने? त्यो ३४ किलोमिटरको बाटो भएर कसरी आउँदैछ।