Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव

गण्डकीका मुख्यमन्त्रीविरुद्ध आज अविश्‍वास प्रस्ताव दर्ता तयारी गर्दै, कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति

गण्डकीका मुख्यमन्त्रीविरुद्ध आज अविश्‍वास प्रस्ताव दर्ता तयारी गर्दै, कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • ०९:५९:२७ बजे
  • 1.5K
    SHARES
  • गण्डकीका मुख्यमन्त्रीविरुद्ध आज अविश्‍वास प्रस्ताव दर्ता तयारी गर्दै, कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति

    पोखरा । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले (राजमो) निर्णय गरेसँगै गण्डकी सरकार ढल्ने निश्चित भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् ।

    images

    विपक्षी पार्टीले निर्णायक रहेको राजमोको पनि समर्थन खोजेका थिए । तर केन्द्रबाट कुनै निर्देशन र निर्णय नआएको भन्दै राजमो सांसदले निर्णय नदिँदा सरकारविरुद्ध उभिएका पार्टी आफ्नो अभियानमा रोकिएका थिए । राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टी अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् ।

    तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । तर सकभर सबैजनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदलाई बोलाइएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology