पोखरा - गण्डकी प्रदेशका मुख्यममन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन्। मुख्यमन्त्री बनाउने र हटाउने काम प्रदेश सभाको हो भन्दै गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताए।
गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले बाहेकका सबै दल एकै ठाउँमा उभिएर सरकार प्रतिस्थापन गर्न एक जुट भएसँगै सरकार ढल्ने निश्चित भएपछि गुरुङले यस्ताे टिप्पणी गरेका हुन्।
बिहीबार उनीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ। उनले अविश्वास प्रस्ताव पारित गर्न सहज नभएकाे दावी गरे। प्रदेश सभाको निर्वाचनमा जाँदा नै एमाले र माओवादी मिलेर चुनाव लडेकाे स्मरणा गर्दै उनले त्यति बेला जनतालाई वामपन्थीको नेतृत्वमा स्थिर सरकार दिने बाँचा गरेको स्मरण गरे।