Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रथम राष्ट्रिय मेयर सम्मेलन : १६ बुँदे पोखरा घोषणापत्र जारी

प्रथम राष्ट्रिय मेयर सम्मेलन : १६ बुँदे पोखरा घोषणापत्र जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • १०:०९:३४ बजे
  • 1.7K
    SHARES
  • प्रथम राष्ट्रिय मेयर सम्मेलन : १६ बुँदे पोखरा घोषणापत्र जारी

    पोखरा - स्थानीय तहका प्रमुखहरूको प्रथम राष्ट्रिय मेयर सम्मेलनले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । गत १ चैत र यही १ वैशाखमा भएको सम्मेलनले २०७४ काे निर्वाचनपछिका सिकाइ र समस्यामाथि समीक्षा गर्दै आगामी रणनीतिसहितकाे घोषणापत्र जारी गरेकाे आयोजक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।

    images

    उनका अनुसार घोषणापत्रलाई देशका ७ सय ५३ वटै पालिकामा इमेलमार्फत पठाएर सुझाव सङ्कलन गरी यही १० वैशाखमा अन्तिम रूप दिइने छ । महानगरको चालु वर्षको वार्षिक कार्यक्रम अनुसार मेयर सम्मेलन आयोजना गरिएको प्रमुख जिसीले बताए ।

    समृद्ध नेपाल र सुखी नेपालीको आधारशीला तयार गर्ने आधिकारिक निकाय स्थानीय तहहरू भएकाले पालिकाहरूको आपसी सहकार्य, समन्वयात्मक अन्तर आबद्धतालाई नियमित गर्दै सहकार्यका अवसरहरू सिर्जना गर्दै अगाडि बढ्ने प्रतिबद्धता सम्मेलनबाट लिइएको छ ।

    सम्मेलनले स्थानीय विकासका मुद्दालाई प्राथामिकीकरण गरी नागरिकको गुणस्तरीय, सम्मानित र पहिचानसहितको जीवन सुनिश्चित गर्न नीति तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्न जोड दिएको छ ।

    जारी घोषणपत्रमा पालिकाहरूको शासकीय क्षमता अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने संयन्त्रको विकास गर्ने, संविधानप्रदत्त अधिकार क्षेत्रहरूमा हुने सबै प्रकारका हस्तक्षेपलाई अस्वीकार गर्ने उल्लेख छ । पालिकाहरूलाई परनिर्भर बनाउने प्रदेश तथा सङ्घीय कार्यक्रमहरू निरुत्साहित गर्ने, सङ्घीयताको सवलीकरणका लागि स्थानीय तथा प्रदेश तहमा भएका र विस्तार गर्ने संघीय सरकारका सबै निकायलाई स्थानीय तथा प्रदेशस्तरमा समावेश गर्न संघीय सरकारसँग माग गर्ने जारी घोषणपत्रमा उल्लेख छ ।

    यसैगरी विकासलाई जनमैत्री र परिणाममूलक बनाउन भूगोलमा गरिने विकास बजेट पालिकामा नै पठाउन माग गर्ने र स्थानीय पालिकाको समन्वयबिना संघ तथा प्रदेश सरकारका विकास कार्यक्रमहरूलाई निरुत्साहित गरिने उल्लेख छ । निर्वाचन क्षेत्र सुधार कार्यक्रमहरूलाई पालिकाअन्तर्गत पालिकाको योजनाअनुसार गर्नुपर्ने, संघद्वारा आयोजित योजनाहरू कम्तीमा पनि २० करोड रुपैयाँ र प्रदेशका योजनाहरू १० करोड रुपैयाँभन्दा माथिका हुनुपर्ने र यसभन्दा साना योजनाहरूमा प्रत्यक्षरूपमा पालिकामै बजेट पठाउने व्यवस्था मिलाउन माग गरिएको छ ।

    भ्रष्टाचार उन्मूलनका लागि शून्यसहनशीलता अपनाउन साझा संयन्त्र विकास गर्ने, पालिकाहरूलाई वातावरण मैत्रीपालिकाका रूपमा विकास गर्न विद्युतीय सवारी साधन, केवलकार र छोटो दूरीको सवारी साधनका रूपमा साइकललाई प्रवद्र्धन गर्न जोड दिइएको छ ।

    यसैगरी अब बन्ने सडकहरूमा साइकल लेनलाई र सडक किनाराको वृक्षरोपणलाई अनिवार्य गर्ने, शहरहरूलाई साइकल मैत्रीशहरका रूपमा विकास गर्ने र प्रत्येक पालिकामा कम्तीमा दुई किलोमिटर साइकलमार्ग निर्माण गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology