Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ जस्तो हुन्न रैछ फाटेपछि..

नयाँ जस्तो हुन्न रैछ फाटेपछि..

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७७ सोमवार • १९:५६:२४ बजे
  • 3.5K
    SHARES
  • नयाँ जस्तो हुन्न रैछ फाटेपछि..
    सीता खड्का 
    नयाँ जस्तो हुन्न रैछ फाटेपछि टालेको मन ।
    अलपत्र परेको छ तिम्ले जूठो हालेको मन ।।

    एक्लै वरु ठीकै थियो दुखसुख चलेकै थ्यो ।
    विथोलेर किन छोड्यौ दुख गरी पालेको मन ।।

    जुनीभरि साथ दिने कुरा हावादारी रैछन् ।
    कालीकोझैं रहेनछ धोकेवाज कालेको मन ।।

    कहाँबाट छिर्यो आज निष्ठुरीको याद अहो ।
    बल्झिएर पोल्न थाल्यो तिम्ले आगो बालेको मन ।।

    लुकाएर राखौं भने झनै दुख्छ झनै पोल्छ ।
    कहाँ प्रदर्शन गरौं सडकमा फालेको मन ।।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology