Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अविश्वासको प्रस्ताव

'काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्छ,ओलीको रिस यहाँ पोखेर हुन्छ' - मुख्यमन्त्री गुरुङ

'काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्छ,ओलीको रिस यहाँ पोखेर हुन्छ' - मुख्यमन्त्री गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • २१:२४:०८ बजे
  • 2.1K
    SHARES
  • 'काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्छ,ओलीको रिस यहाँ पोखेर हुन्छ' - मुख्यमन्त्री गुरुङ

    पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केपी ओलीलाई सरकारबाट हटाउन नसकेको रिस पोखरामा पोखेको बताएका छन् ।

    images

    बिहीबार आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले केन्द्रको राजनीति प्रदेशमा नगर्न चेतावनी दिएका छन् ।

    ‘काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्छ । केन्द्रको राजनीति यता नगरौं । हटाउने भए संघीय सरकार नै हटाए भयो त । म केपी ओलीको नजिक भएँ भन्दैमा हटाउने रे । नजिक त एकजनासँग भइन्छ नि । केपी ओलीको रिस यहाँ पोखेर हुन्छ ? सक्छौ भने त्यही हटाउन !’, उनले भने ।

    आज नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology