Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कर्णाली प्रदेश

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३, २०७८ शुक्रवार • १०:०७:४४ बजे
  • 1.1K
    SHARES
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

    images

    नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्।

    उनले माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको दाबी गरेकी छन्।

    मुख्यमन्त्री शाहीका पक्षमा मत दिन उनले बिहीबार अपिल नै जारी गरेकी थिइन्। नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो।

    कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology