Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सेती महाकाली बन्द

सेती महाकाली बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीको मशाल जुलुस

सेती महाकाली बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीको मशाल जुलुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • २२:१६:१८ बजे
  • 2.0K
    SHARES
  • सेती महाकाली बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीको मशाल जुलुस

    सेती महाकाली बन्दको पूर्वसन्ध्यामा सोमबार नेपाल कम्युनिस्ट पार्टी बैतडीले मशाल जुलुस निकालेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्लाका पुर्चौंडी, डिलाशैनी, दोगडा केदार, पाटनलगायत विभिन्न स्थानमा मशाल जुलुस निकालिएका छन् ।

    images

    नेकपाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण, बाढी र पहिरोका कारण आक्रान्त भएका जनताको उद्धार, राहत वितरण, मनोवैज्ञानिक परामर्श र सचेतना कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरुमाथिको गिरफ्तारी, धरपकड, झूट्टा मुद्दा लगाउने काम राज्य पक्षबाट नरोकिएकाले त्यसको विरोधमा कोणसभा, मशाल जुलुससहित साउन ६ गते सुदूरपश्चिम बन्द, ७ र ८ गते सरकारी सवारी साधनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    केही दिनअघि कैलालीबाट गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, ब्युरो सदस्य पूर्णिमा धामीका साथै बैतडीका हिरासतमा रहेका जिल्ला सदस्य लोकेन्द्र धामी र करण ऐरको बिनासर्त ससम्मान रिहाइको माग गर्दै भोलि ६ गते सेती–महाकाली बन्द घोषणा गरिएको नेकपाले जनाएको छ ।

    नेकपाले बन्दसहितका सङ्घर्षका कार्यक्रमहरु सफल पार्न किसान, मजदुर, व्यापारी, व्यवसायी, युवा, विद्यार्थी, बुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, देशभक्त, राष्ट्रवादी, प्रगतिशील सम्पूर्ण जनसमुदायमा सहयोगका लागि आह्वान गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology