Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णालीका मुख्यमन्त्री शाही

'फ्लोर क्रस' गर्दा कर्णालीका मुख्यमन्त्री शाहीकाे पद जाेगियाे,यी हुन् एमालेको ह्वीप नमान्ने ४ सांसद

'फ्लोर क्रस' गर्दा कर्णालीका मुख्यमन्त्री शाहीकाे पद जाेगियाे,यी हुन् एमालेको ह्वीप नमान्ने ४ सांसद

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३, २०७८ शुक्रवार • १७:५४:१७ बजे
  • 1.5K
    SHARES
  • 'फ्लोर क्रस' गर्दा कर्णालीका मुख्यमन्त्री शाहीकाे पद जाेगियाे,यी हुन् एमालेको ह्वीप नमान्ने ४ सांसद

    सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जाेगिएकाे छ । प्रदेश सभामा विश्वासकाे मत पाएपछि शाहीको पद जोगिएको हो ।

    images

    ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका छन ।

    प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।

    एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले 'फ्लोर क्रस' गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology