Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णाली प्रदेशमा फ्लोर क्रस : कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ - सांसद थापा

कर्णाली प्रदेशमा फ्लोर क्रस : कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ - सांसद थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ३, २०७८ शुक्रवार • १९:२६:२० बजे
  • 1.9K
    SHARES
  • कर्णाली प्रदेशमा फ्लोर क्रस : कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ - सांसद थापा

    कर्णाली - फ्लोर क्रस गरेर सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै एमालेका सांसद अम्बरबहादुर थापाले पार्टीबाट कारवाही गरे भोग्न तयार रहेको बताएका छन । विगतमा संविधानसभा सदस्य समेत रहेका सांसद अम्बरबहादुर थापाले भने, कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ । देशको कानून बनाउने पनि मै हुँ । आफूले एमालेलाई धोका नदिएको उनले बताए ।

    images

    एमालेलाई केपी ओलीले धोका दिएका हुन्, मैले होइन, थापाले भने । संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको तर उनले कहिल्यै आफूलाई सहयोग नगरेको गुनासो थापाको छ ।

    मन्त्री बनाउने शर्तमा सरकारलाई विश्वासको मत दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, होइन, मलाई मन्त्री बन्नु छैन । सक्रिय राजनीति नै गरिन्छ ।

    यता कर्णाली प्रदेशमा फ्लोर क्रस (संसदीय दलको ह्वीप) उलङ्घन गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । दुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

    मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा मत हाल्न फ्लोरमा जाने देवी ओलीलाई भने चित्तबुझ्दो जवाफ दिन भनिएको छ । मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको थियो ।

    फ्लोर क्रस गर्ने चारै जना सांसद एमालेको माधव नेपाल समूहका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology