Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हवाई उडान पुनः सुचारु

भदौ १ गतेबाट आन्तरिक तथा बाहृय उडान सुरु गर्ने सरकारको निर्णय

भदौ १ गतेबाट आन्तरिक तथा बाहृय उडान सुरु गर्ने सरकारको निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • २२:३४:४५ बजे
  • 2.1K
    SHARES
  • भदौ १ गतेबाट आन्तरिक तथा बाहृय उडान सुरु गर्ने सरकारको निर्णय
    भदौ १ गतेबाट आन्तरिक तथा बाहृय उडान सुरु हुने भएको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा पाँच महिनादेखि बन्द रहेको हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

    अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताए ।  त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउनेछ ।

    स्रोतका अनुसार हवाई उडान सुरु गर्नुअघि होटल व्यवसाय पनि सञ्चालन गर्न दिने सरकारको तयारी छ । एक मन्त्रीले भनेका छन्, ‘साउन १५ गतेबाट होटलहरु पनि खुला गर्ने कुराकानी भएको छ ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology