Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माधव नेपाललाई अब शंकाको लाभको राजनीतिक स्थान छैन - बाँस्कोटा

माधव नेपाललाई अब शंकाको लाभको राजनीतिक स्थान छैन - बाँस्कोटा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • ०९:१५:१८ बजे
  • 1.3K
    SHARES
  • माधव नेपाललाई अब शंकाको लाभको राजनीतिक स्थान छैन - बाँस्कोटा

    पोखरा - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एमालेको राजनीतिमा वरिष्ठ नेता माधव कुमार नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् ।

    images

    बाँस्कोटाले सामाजिक सञ्जालमार्फत एमालेमा देखिएको विवादमा नेता नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान सकिएको टिप्पणी गरेका हुन् । कर्णालीमा भएको फ्लोर क्रसलाई जोडेर उनले यस्तो टिप्पणी गरेका हुन् ।

    बाँस्कोटाले कर्णाली घटनापछि अब नेता नेपालको एउटा काम मात्रै बाँकी रहेको पनि उल्लेख गरेका छन् । नेपालको अबको काम भनेको सरकारलाई दिएको माओवादी केन्द्रको समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लगाउने रहेको उनले बताएका छन् ।

    अब नेता नेपालले केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिन लगाएर सरकार ढाल्ने, बाटोमा लाग्ने विकल्प रहेको बाँस्कोटाले औँल्याएका छन् । त्यसपछि कारबाही खाने र आफ्नो बाटा लाग्ने विकल्प नेपालसँग रहेको उनको टिप्पणी छ ।

    कर्णाली प्रदेशमा हिजो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका थिए । त्यससँगै शाहीको सत्तासंकट तत्कालका लागि टरेको छ ।

    सो विषयमा टिप्पणी गर्दै बाँस्कोटाले दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब नेता नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology