Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्र र नेपाल समुहको सहभागिता विनानै प्रधानमन्त्री बोलाएको ‘सर्वदलीय बैठक’ सुरु

माओवादी केन्द्र र नेपाल समुहको सहभागिता विनानै प्रधानमन्त्री बोलाएको ‘सर्वदलीय बैठक’ सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • १२:२३:२९ बजे
  • 1.1K
    SHARES
  • माओवादी केन्द्र र नेपाल समुहको सहभागिता विनानै प्रधानमन्त्री बोलाएको ‘सर्वदलीय बैठक’ सुरु

    प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’ सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन । यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् । 

    images

    बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा , नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् भने जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ । 

    संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । 

  • सम्बन्धित विषय:

  • # सर्वदलीय बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology