Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको सर्वदलीय बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच छलफल

ओलीको सर्वदलीय बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच छलफल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • १२:२८:३८ बजे
  • 763
    SHARES
  • ओलीको सर्वदलीय बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच छलफल

    पार्टीको समानान्तर समिति बनाएर झापाबाट काठमाडौं फर्केलगत्तै एमाले नेता नेपालले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

    images

    पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिसकेका छन्। यस अघिदेखि नै असन्तुष्ट नेपाल पक्षले कारबाहीपछि देशभर पार्टीका समानान्तर समिति बनाइरहेको छ।

    नेकपा छँदा प्रचण्डकै साथमा रहेका नेता नेपालले सर्वाेच्च अदालतले एकता भंग गराउँदै माओवादी केन्द्र र एमाले नै पुनःस्थापित गरिदिएपछि पनि प्रचण्डसँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन्।

    यसैबीच कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएपछि हिजो शुक्रबार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वाको मत मागेका थिए।

    त्यस क्रममा ओली पक्षकै १ र नेपाल पक्षका ३ गरी एमालेका चार सांसदले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको पद तथा सरकार जोगिएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology