Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बादलको सांसद पद खारेज, गृहमन्त्रीको जिम्मेवारीबाट पदमुक्त

बादलको सांसद पद खारेज, गृहमन्त्रीको जिम्मेवारीबाट पदमुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ५, २०७८ आइतवार • १३:१८:२३ बजे
  • 1.4K
    SHARES
  • बादलको सांसद पद खारेज, गृहमन्त्रीको जिम्मेवारीबाट पदमुक्त

    पोखरा - राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्रीबाट पदमुक्त रामबहादुर थापा बादलले आजै पुनर्नियुक्ति पाउने भएका छन् ।

    images

    थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

    नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको हो ।

    राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले उनलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो ।

    सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology