Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका तीन जना मन्त्री बन्दै

कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका तीन जना मन्त्री बन्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ५, २०७८ आइतवार • १३:३०:१९ बजे
  • 2.0K
    SHARES
  • कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका तीन जना मन्त्री बन्दै

    पोखरा - कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ । आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो ।

    images

    नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘हामीले हिजो नै प्रदेश प्रमुखलाई पत्र पठाएका छौं । उताबाट समय निश्चित गरेपछि साँझसम्ममा शपथ गराउने कुरा छ,’ उनले भनिन् ।

    मुख्यमन्त्री शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

    नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए ।

    अमरबहादुर र कुर्मराज पहिलोपटक मन्त्री बनेका हुन् भने नन्दसिंह पहिले पनि मन्त्री थिए । पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    फ्लोर क्रस गरेका एमालेका अर्का सांसद प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् । उनलाई पनि उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

    पार्टीको ह्वीप नमानेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई साथ दिएको भन्दै एमालेले तीजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology