तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्र एकता पछी निष्क्रिय बनेका तत्कालिन माओबादी केन्द्रका संगठनहरु पछिल्लोसर्बोच्च अदालतको दुई पार्टी एकता सम्बन्धी निर्णय पछी फेरी गॅाउ गॅाउमा सक्रिय बन्न थालेका छन ।
यसै बिच नेकपा माओबादी केन्द्र म्याग्दीले आफ्नो पार्टी संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत जिल्लाको बिभिन्न ठॅाउमा पार्टीतथा जन बर्गिय संगठनहरुको भेला सम्मेलन तथा बैठकहरु सम्पन्न गरेको छ।यसै अन्तर्गत आज नेकपा माओबादी केन्द्र मालीका गॅाउपालिका अन्तर्गत बिममा आफ्नो संगठन बिस्तार गरेको छ। भेलाले धनकुमार पाईजा ईन्चार्ज बुद्दिबहादुर जुग्जाली अध्यक्ष तथा होमन जुग्जाली सचिब रहेको ३७ सदस्यिय बिम वडा कमिटी गठन गरेको छ।यस्तै म्यादीस गर्बुजा अध्यक्षउपाध्यक्ष बिष्णु सुबेदी सचिब तिक कुमार पाईजा सहसचीब प्रेम बि क र कोषाध्यक्ष सरणकुमार जुगजाली रहेको २७ सदस्यीय ycl वडाकमिटी र तिर्थ नेपाली अध्यक्ष रहेको १५ सदस्य दलीत मुत्तिमोर्चा गठन गरेको नेकपा माओबादी केन्द्र म्याग्दीले जनाएको छ।
भेलालाइ सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र म्याग्दीका लोकप्रिय नेता तथा बिमका वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ले देशकोस्थायित्व,बिकाश र समृद्दीको लागी तत्कालिन अबस्थामा एमाले संग पार्टी एकता भए पनि एमालेल भित्रको वलि समुहको सत्ता मोह र भ्रष्ट प्रबृत्तिले गर्दा पार्टी एकता षडयन्त्रपुर्ण तरिकाले अदालतको साहरामा वलिले भॅाडेको धारणाब्यक्त गर्नु भएको थियो।
कार्यक्रम नेकपा माओबादी केन्द्रका लोकप्रिय नेता रेशम जुग्जालीको प्रमुख आतित्यथा तथा वडा कमिटी अध्यक्ष बुद्दि बहादुर जुग्जाली अध्यक्षता तथा सचिब धन बहादुर पाईजाको संचालनमा सम्पन्न भएको थियो।