Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता,केसीलाई मुख्यमन्त्री प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता,केसीलाई मुख्यमन्त्री प्रस्ताव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ६, २०७८ सोमवार • १४:५५:४१ बजे
  • 2.4K
    SHARES
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता,केसीलाई मुख्यमन्त्री प्रस्ताव

    बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    images

    कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै संसद् सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

    सवा १ बजे सचिवालयमा दर्ता नम्बर १०० रहेको अविश्वास प्रस्तावमा मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास नरहेको उल्लेख छ ।

    हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जना सांसद छन् । अविश्वास प्रस्ताव पेस गर्ने पार्टीको आधिकारिक निर्णय नभएको भन्दै जसपाकी कमला पाण्डेले भने हस्ताक्षर गरेकी छैनन् ।

    ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन् ।

     

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology