काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो ।
संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।
राष्ट्रपतिले गरिन् संसदको चालु अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो ।
संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले जनताको निर्वाचित थलोसँग डराएर सरकारले बारम्बार संसदमाथि प्रहार गरेको बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको तत्काल विकल्प खोज्नुपर्ने भन्दै उनले संसदमा कांग्रेसको संख्या नपुगे अरु दलसंग मिलेर पुर्याउनुपर्ने बताए । ‘संख्या पुगेन भनेर राजनीतिमा सुख पाइदैन । सरकार ढाल्न कांग्रेसले संसदका अन्य दलहरुसंग सहकार्य गर्नुपर्छ’, सिंहले भने । उनले संसदको पूर्वनिर्धारित बैठक समेत नबस्दै अधिवेशन अन्त्य गरिनुले सरकारमाथि शंका उब्जिएको बताए ।