Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्लीमा एक हप्ताका लागि लकडाउन लागु

दिल्लीमा एक हप्ताका लागि लकडाउन लागु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ६, २०७८ सोमवार • १६:१४:५७ बजे
  • 1.3K
    SHARES
  • दिल्लीमा एक हप्ताका लागि लकडाउन लागु

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी भारतको राजधानी दिल्लीमा एक हप्ताका लागि लकडाउन लागु भएको छ।

    images

    संक्रमण बढ्दै गएकाले त्यसलाई ध्यानमा राखेर सोमबार बिहानसम्मका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

    केजरीवालले भनेका छन्, ‘सबै परिस्थितिको अनुगमन गरेर सरकारले ६ दिनका लागि लकडाउन लागु गर्ने निर्णय गरेको छ । आज (सोमबार) राति १० बजेदेखि आउँदो सोमबार बिहान ५ बजेसम्म लकडाउन रहने छ।’

    यो छोटो अवधिको लकडाउन रहेको र बढ्ने सम्भावना निकै कम रहेको उनले बताएका छन्।

    गरिबहरुका लागि लकडाउनको समय निकै कठिन हुने थाहा हुँदैहुँदै संक्रमण नियन्त्रणका लागि बाध्य भएर निर्णय लिनु परेको केजरीवालले बताएका छन्।

    लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उनले बताएका छन्। लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ।

  • सम्बन्धित विषय:

  • # लकडाउन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology