Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा बालबालिका र किशोर किशोरीमा कोरोना संक्रमण उच्च,पोखरामा ४६ जनामा कोरोना पुष्टि

पोखरामा बालबालिका र किशोर किशोरीमा कोरोना संक्रमण उच्च,पोखरामा ४६ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • ००:५५:१९ बजे
  • 2.5K
    SHARES
  • पोखरामा बालबालिका र किशोर किशोरीमा कोरोना संक्रमण उच्च,पोखरामा ४६ जनामा कोरोना पुष्टि

    पोखरा- कास्कीका ४६ सहित गण्डकीमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार कास्कीका १८९ जनाको स्वाब परीक्षण गर्दा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुष गरी ४५ र अन्नपूर्ण गाउँपालिका -९ का १ जना पुरुष सहित ४६ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    पोखरा २ मा १ मा ६४ बर्षीय १ जना पुरुष, ३ नम्बर वडामा २ जना ४७ वर्षीय १ जना पुरुष तथा २२ वर्षीय महिला, पोखरा ४ मा २ जनाला १२ वर्षीय १ जना बालिका तथा १७ वर्षीय १ जना किशोरी , वडा नम्बर ५ मा २ जना ६ वर्षीय १ जना बालकसहित २७ वर्षीय महिला ।पोखरा ६ मा ५ जना १६ वर्षीय १ बालिका ताथ ४१ वर्षीय १ जना महिलासहित ३८, ४७ र ५४ वर्षीय ३ जना पुरुष,८ नम्बर वडामा २ मा ५ वर्षीय १ जना बालक तथा ३३ वर्षीय १ जना पुरुष, पोखरा १० मा २ जना ३१ वर्षीय १ जना महिला तथा ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    यस्तै वडा नम्बर ११ मा ३ जना ४४ वर्षीय २ जना तथा ५७ वर्षीय १ जना,पोखरा १२ मा ४४ वर्षीय १ पुरुष ,१४ नम्बर वडामा ४ जना ६२ र ८० वर्षीय २ जना महिलासहित १६ वर्षीय १ जना बालक तथा ३५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    पोखरा १५ मा २ जना ५७ वर्षीय १ जना महिला तथा ४१ वर्षीय १ जना पुरुष , वडा नम्बर १६ मा ५२ वर्षीय १ जना महिला , पोखरा वडा नम्बर १७ मा ७ जना १३ वर्षीय १ जना बालिका सहित ४७ र ६३ वर्षीय २ जना महिला तथा १५ वर्षीय २ जना बालक र २५ र ४१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    १८ नम्बर वडामा ३३ वर्षीय १ जना महिला ,पोखरा १९ मा ५३ वर्षीय १ जना महिला ,वडा नम्बर २० मा ३५ वर्षीय १ जना पुरुष, पोखरा २५ मा ३ जना ५५ वर्षीय १ जना महिलासहित ५० र ५८ वर्षीय २ जना पुरुष , २७ नम्बर वडामा २० वर्षीय १ जना पुरुष, पोखरा २९ मा १ जना ३१ वर्षीय १ जना पुरुष ,वडा नम्बर ३२ मा ४२ वर्षीय १ जना पुरुष, पोखरा ३३ मा २ जना ४२ वर्षीय १ जना महिला तथा ८५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै गण्कडी प्रदेशका अन्य जिल्ला नवलपरासीमा २ जना, स्याङ्जामा ४ जना, पर्वतमा ४ जना, गोरखामा १ जना, म्याग्दीमा १ जना, लमजुङमा १ जना, बाग्लुङमा १ जना तथा तनहुँमा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार २ सय ३१ पुगेको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology