Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले विवाद

नेकपा एमाले विवाद : नेपाल पक्षीय ३२ जना सांसदहरुलाई एमालेले सोध्यो स्पष्टीकरण

नेकपा एमाले विवाद : नेपाल पक्षीय ३२ जना सांसदहरुलाई एमालेले सोध्यो स्पष्टीकरण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ७, २०७८ मंगलवार • १६:१९:५६ बजे
  • 2.2K
    SHARES
  • नेकपा एमाले विवाद : नेपाल पक्षीय ३२ जना सांसदहरुलाई एमालेले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको छ ।अध्यक्ष ओलीले संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् ।

    images

    ओलीले वरिष्ठ नेता नेपाललाई सोधेको स्पष्टीकरणमा कर्णाली प्रदेशका प्रदेश सांसदहरुलाई उचालेको, भड्काएको र पार्टी अनुशासनहीन गतिविधि गर्न लगाएको आरोप लगाइएको छ ।नेता नेपाललाई सोधिएको ५ बुँदे स्पष्टीकरणको चार नम्बर बुँदामा तपाईले कर्णाली प्रदेशसभामा प्रदेशसभाका सदस्यहरुलाई उचाल्दै, भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने, फ्लोर क्रस गरी पार्टीको ह्वीप उलंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र अपराधिक कार्यसमेत गरे गराएकाले तपाईलाई पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएतापनि दल त्याग गरेको किन नभन्ने ? भनिएको छ ।

    त्यस्तै ५ नम्बर बुँदामा पार्टी तथा आफ्नो सरकारको विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रुपमा नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, नीति र नेतृत्वविरुद्ध शत्रुवत् ढंगले प्रस्तुत गरी दुश्प्रचार र भ्रम फिँजाउने कार्य किन गर्नुभएको भनेर प्रश्न गरिएको छ ।

    नेता नेपालसहितका नेताहरुलाई दुई दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । नेता नेपाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा सच्चिनुको साटो उस्तै गतिविधिमा लागेको भन्दै सच्चिन अन्तिम अवसरका रुपमा स्पष्टीकरण सोधिएको उल्लेख छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology