Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निलम्बित नेता माधवकुमार नेपाल सहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने

निलम्बित नेता माधवकुमार नेपाल सहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ८, २०७८ बुधवार • ०९:५३:०७ बजे
  • 1.2K
    SHARES
  • निलम्बित नेता माधवकुमार नेपाल सहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने

    काठमाडौं । नेकपा (एमाले)का ‘निलम्बित’ नेता माधवकुमार नेपालसहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने भएका छन् ।

    images

    पार्टी केन्द्रीय कमिटीको निर्णयअनुरूप नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई दुई दिनभित्र पुनः स्पष्टीकरण पेश गर्न समयसीमा दिइएको थियो ।

    नेता नेपाललाई पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ । नेता नेपालनिकट स्रोतले आजै स्पष्टीकरण पत्र बुझाउने तयारी भइरहेको जानकारी दियो ।

    नेता नेपालसहित संघका २७ र प्रदेशका पाँचजना सांसदहरूलाई स्पष्टीकरण पत्र थमाइएको थियो । सांसदहरूलाई तीन दिनको समय दिइएको छ । स्पष्टीकरण पत्र काटेपछि मंगलबार नै खनाल–नेपाल समूहका सांसद, केन्द्रीय नेताहरू बसेर स्पष्टीकरण बुझाउने र अन्तिमसम्म पार्टी एकताकै निम्ति संघर्ष गर्ने निचोड निकालेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology