कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख १३ हजार २ सय १३ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ४८ लाख ५२ हजार ७ सय पुगेको छ । संक्रमितमध्ये ८९ लाख ६ हजार ६ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने ६३ हजार ३ सय ४७ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ४३ हजार ८ सय ३४ जनाको ज्यान गएको छ । ब्राजिलमा ८० हजार २ सय ५१, भारतमा २८ हजार ९९, रसियामा १२ हजार ४ सय २७, पेरुमा १३ हजार ३ सय ८४, मेक्सिकोमा ३९ हजार ४ सय ८५, स्पेनमा २८ हजार ४ सय २२ र बेलायतमा ४५ हजार ३ सय १२ जनाको ज्यान गएको छ ।