Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनसेल टावर छेउमा सकेट बम फेला, नेपाली सेनाद्दारा निष्क्रिय

एनसेल टावर छेउमा सकेट बम फेला, नेपाली सेनाद्दारा निष्क्रिय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • ०९:२०:२८ बजे
  • 1.2K
    SHARES
  • एनसेल टावर छेउमा सकेट बम  फेला, नेपाली सेनाद्दारा निष्क्रिय

    पाँचथर । मिक्लाजुङ गाउँपालिका २ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमी बजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

    images

    आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो ।

    स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको पर्चामा प्रधानमन्त्रीविरुद्ध नारा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । खिया लागेको पुरानो सकेट बम फेला पर्नाले सशस्त्र द्वन्द्वमा संलग्नबाट बम राखिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology