Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेरियट होटलमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल फेरि 'वान टू वान' वार्तामा

मेरियट होटलमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल फेरि 'वान टू वान' वार्तामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ९, २०७८ बिहिवार • १५:३१:०४ बजे
  • 790
    SHARES
  • मेरियट होटलमा  प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल फेरि 'वान टू वान' वार्तामा

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच आज फेरि वार्ता सुरु भएको छ। नक्सालस्थित मेरियट होटलमा दुवै नेता एक्लाएक्लै वार्तामा छन्। वार्तास्थल नागपोखरीस्थित होटल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    images

    विहीवार ओली र नेपालबिच दुई घण्टा कुराकानी भए पनि कुनै निष्कर्ष निस्किएन । आज बिहान बल्खुस्थित पार्टी कार्यालयको शिलान्यास गर्न ओलीले नेपाललाई आग्रह गरेको भए पनि नेपालले भने अस्वीकार गरेका थिए ।

    हिजोको वार्तामा नेपालले नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान राखे पनि ओलीले पुरानै ठाउँमा फर्कन नसकिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

    ओलीले पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपालले देशभर नयाँ पार्टी खोलेको आरोप लगाएका थिए भने नेपालसहितका १५ नेताले पनि ओलीकै कारण पार्टी विभाजनको डिलमा पुगेको दावी गरेका थिए ।

    पछिल्लो समय एमालेभित्र दुई धारमा अन्तरद्वन्द्व चर्किँदै गर्दा दुई नेताबिचको कुराकानीले कार्यकर्तामा सकारात्मक सन्देश गएको छ।

    oli nepal.png

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology