Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोना विशेष अस्पतालमा आगलागी

भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमितको मृत्यु

भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १०:२४:१० बजे
  • 1.4K
    SHARES
  • भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जना  कोरोना संक्रमितको मृत्यु

    भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।

    images

    विरारस्थित विजय वल्लभ अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा परी १३ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    घटनामा १७ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो ।

    यसअघि महाराष्ट्रको नासिकमा बुधबार एक सरकारी अस्पतालमा अक्सिजनको अभावमा २२ जनाको मृत्यु भएको थियाे।

    नासिकको जाकिर हुसेन अस्पतालमा अक्सिजन लिक हुँदा मर्मतका लागि ३० मिनेट अक्सिजन सप्लाई बन्द भएपछि २२ जनाको मृत्यु भएको हाे।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology