पार्टीको शक्ति सन्तुलनमा आफूलाई साथ दिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले गरेको प्रस्ताव उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्। बिहीबार साँझ ओली र गौतमबीच बालुटारमा डिनर बैठक चलेको थियो । त्यस क्रममा ओलीले आफूलाई साथ दिन आग्रह गरेको नेता गौतमले बताएका छन्।
तर फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिएपछि मात्रै साथ दिन सकिने जवाफ आफूले ओलीलाई दिएको गौतमले बताएका छन्। ती निर्णयहरु फिर्ता नहुने जवाफ ओलीले दिएपछि आफूले पनि ओलीलाई साथ दिन नसक्ने जवाफ फर्काएकाे गाैतमले प्रेस नाेट जारी गरेर बताएका छन्।
उनले भनेका छन्, हिजो ९ गते क। केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए।
प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत जारी भएको प्रेस नोटबाट गौतम डिनर बैठकको बिचमै खाना छाडेर हिँडेको अनुमान गर्न सकिन्छ ।