Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक : नयाँ स्थायी कमिटी घोषणा, गौतम अटायो नेपाल खनाल अटाएन

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक : नयाँ स्थायी कमिटी घोषणा, गौतम अटायो नेपाल खनाल अटाएन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १३:५६:०९ बजे
  • 1.6K
    SHARES
  • एमाले महाधिवेशन आयोजक कमिटीको बैठक : नयाँ स्थायी कमिटी घोषणा, गौतम अटायो नेपाल खनाल अटाएन

    तस्विर समर्थ रञ्जित पहिलो पोष्ट \

    images

    नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी घोषणा गरेको छ। मिटिङको एजेन्डा बदल्दै स्थायी कमिटीको घोषणा भएको हो।

    नवगठित कमिटीमा असन्तुष्ट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका कोही नेतालाई राखिएको छैन। वामदेव गौतम भने स्थायी कमिटीमा अटाएका छन्। साथै माओवादीबाट एमाले प्रवेश गरका मन्त्रीहरु समेत कमिटीमा थपिएका छन्।

    एमाले नेता सुवास नेम्वाङले स्थायी कमिटी गठन गरेको बारे पुष्टि गरे। तर, यससँगै सम्बन्धित अन्य विषयवस्तु भने पछिमात्रै सार्वजनिक हुने उनले बताए।

    बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको थियो। तर, यसबारेमा कुनै औपचारिक धारणा सार्वजनिक गरिएको छैन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology