Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल नै पार्टीको तर्फबाट उम्मेदवार - अध्यक्ष ओली

राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल नै पार्टीको तर्फबाट उम्मेदवार - अध्यक्ष ओली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १७:५८:१८ बजे
  • 2.2K
    SHARES
  • राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल नै पार्टीको तर्फबाट उम्मेदवार - अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादल लाई नै पार्टीको तर्फबाट उम्मेदवार बनाउने बताएका छन ।

    images

    शुक्रबार बालुवाटारमा बसेको एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक समापन गर्दै ओलीले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई नै उम्मेदवार बनाउने उदघोष गरेका हुन् ।

    माओवादी केन्द्रले बादललाई कारबाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आउँदो जेठ ६ गते उपनिर्वाचन हुने तय भएको छ। बादललाई कारबाही गरेपछि रिक्त रहेको स्थानमा उनैलाई फेरि उम्मेदवार बनाउने ओलीले बताएका हुन् ।

    समयमै औपचारिक निर्णय गरेको आउने उपनिर्वाचनहरुमा पुर्व एमालेकाहरुलाई कारबाही गरिका हकमा उनीहरुनै उम्मेदवार बन्ने पक्काकक्की जस्तै भएको बताएका छन। पार्टीले कारबाही गरिएका ठाउँहरुमा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष , सचिव भएर तत्काल लविङ र होमवर्क गर्न पनि निर्देशन दिएका छन् ।

    अध्यक्ष ओलीले भने, माओवादीले कारबाही गरेकालाई ६ महिनाभित्र चुनावमा जिताउने समेत बाचा गरेका छन् ।

    अध्यक्ष ओलीले एमालेमा लागेपछि जसरी पनि संरक्षण हुने भन्दै पार्टीमा कसैलाई पनि अन्याय नहुने दावी समेत गरेका छन् । उनले थपे , पार्टी ध्वंस बनाउने , पार्टी कार्यलय कब्जा गर्ने चरण सामना गरेर आएको छौ , अब हामा्रे भागमा जित मात्र आएको उल्ले गरेका छन् । अध्यक्ष ओलीले सोही अवसरमा भने , २०७४ सालमा पपुलर मत, ४४ लाख मत पाएको हो। अब ५० लाख ल्याउने हो।

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology