Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तालाई हातापात

कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तालाई हातापात

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १०, २०७८ शुक्रवार • १८:०५:२० बजे
  • 826
    SHARES
  • कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तालाई हातापात

    बर्दिया । नेपाली कांग्रेस बर्दिया कार्यसमितिका कार्यवहाक सभापतिसहितका नेता तथा कार्यकर्तालाई हातापात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले सामुहिक राजीनामा दिएका छन्। शुक्रबार गुलरियामा अयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक सभापति मिश्रीलाल यादवले आफूहरुमाथि  गुण्डा लगाएर निन्दनीय कार्य भएको भन्दै सामूहिक राजीनामा दिएको बताए ।

    images

    बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतका नेतालाई हातपात गर्नुका साथै कार्यालय बन्द गरेको र उनीहरूले सामूहिक राजीनामा दिएको बताएका छन् ।

    कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा परिचालन गर्ने, हातपात गर्ने जस्ता खेदजनक कार्य भएको गरेको हुँदा काम गर्न सक्ने अवस्था नरहेकाले सामूहिक राजीनामा दिनुपरेको पत्रमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # हातापात
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology