Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको कोरोना संक्रमणबाट निधन

संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको कोरोना संक्रमणबाट निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ११, २०७८ शनिवार • २१:५८:३० बजे
  • 1.6K
    SHARES
  • संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको कोरोना संक्रमणबाट निधन

    नेपालगञ्ज - संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको कोरोना संक्रमणबाट निधन भएको छ। शनिबार भेरी अस्पताल नेपालगञ्जमा सिद्दिकीको निधन भएको अस्पतालले जनाएको छ।

    images

    नेपालगञ्ज ३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।

    उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन्। भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरीकी छिन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology