Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बस्दै

नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १२, २०७८ आइतवार • १०:२३:२३ बजे
  • 1.6K
    SHARES
  • नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    images

    वैशाख १० गते पनि महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो । एमालेका एक नेताले दुई दिनपछि नै फेरि सोही समितिको बैठक आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको बताए ।

    अघिल्लो पटकको बैठकले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । स्पष्टीकरण सोधिएका अन्य सांसदहरुमाथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने अनुमान एमाले नेताहरुले गरेका छन् ।

    पार्टीमा गुटगत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले संघ र प्रदेशका २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए । कर्णालीका चार सांसदहरुलाई पदबाट हटाइए पनि बाँकी २४ जनाको बारेमा निर्णय हुन बाँकी छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology